माघ २०, मेटाको शेयरमा २० प्रतिशतभन्दा बढीले गिरावट आएको हो ।
हालै नाम परिवर्तन गरेको मेटाले आम्दानी घटेको र प्रयोगकर्ताको संख्या नबढेको जानकारी गराएलगत्तै कम्पनीको शेयरमा भारी गिरावट आएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
मेटाले गत वर्षको त्रैमासिकमा १०.३ बिलियन डलर आम्दानी गरेको थियो । जुन अघिल्लो वर्षको सोही अवधिमा भएको आम्दानीभन्दा ८ प्रतिशतले कम हो । मेटाले भीआर र एआर प्रविधिमा ठूलो लगानी गर्न थालेपछि आम्दानी घटेको हो ।
आम्दानी घटेको सार्वजनिक भएसँगै मेटाको शेयरमा झण्डै २३ प्रतिशतले गिरावट आएको सीएनएनले जनाएको छ ।
मेटाका अनुसार गत वर्षको अन्तिम त्रैमासिकमा फेसबुकका प्रयोगकर्ता केही घट्न पुगेका थिए । प्रयोगकर्ता नबढ्दा विज्ञापन पनि कम मानिसले हेर्ने भएका कारण यसको असर शेयरमा परेको हो ।
त्यस्तै , व्यापारिक गतिविधि अवरुद्ध हुँदा विज्ञापनदाताको बजेटमाथि नकरात्मक असर परेको मेटाका सीएफओ डेभ वेहनरले भनेका छन् ।
0 Comments