गल्छी खबर, १५ फागुन । सरकारले एमसीसी सहायता परियोजना एमसीसी सम्बन्धमा जारी भएको ११ बुँदे व्याख्यात्मक टिप्पणीमा एउटा बुँदा थप गरेको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको आकास्मिक मन्त्रिपरिषद् बैठकले १२ बुँदे व्याख्यात्मक टिप्पणी अनुमोदन गरेको छ।
मन्त्रिपरिषद् बैठकले थपेको बुँदामा भनिएको छ, 'देशको मूल कानुनको रुपमा रहेको नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरुभन्दा माथि रहेको छ भनी घोषण गर्दछ।'
एमसीसी सम्झौताको कानुन संविधानभन्दा माथि रहेको भन्दै टीका टीप्पणी हुँदै आएको थियो। एमसीसीमाथि आज भएको सैद्धान्तिक बहसमा पनि केही सांसदहरुले एमसीसीको कानुन संविधानभन्दा माथि रहने बताएका छन् ।
0 Comments