Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नेपाली कांग्रेसले १० वटा भ्रातृ संस्थाका केन्द्रीय कार्य समिति भङ्ग

 


गल्छी खबर । प्रमुख सत्तारुढ नेपाली कांग्रेसले १० वटा भ्रातृ संस्थाका केन्द्रीय कार्य समिति भङ्ग  गरिदिएको छ। लामो समयदेखि अधिवेशन नभएका ती भ्रातृ संस्थाका कार्यसमिति मंगलबार सानेपा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भङ्ग गरेको  छ।

बैठकले म्याद सकिएका भ्रातृ संगठनको केन्द्रीय कार्यसमिति भङ्ग गर्ने निर्णय गरेको एकजना नेताले बताएका छन्। अब नयाँ तदर्थ समिति गठनको अधिकार बैठकले सभापति शेरबहादुर देउवालाई दिएको छ।

कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल किसान संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, आदिवासी जनजाति संघ, नेपाल तामाङ संघ, नेपाल महिला संघ, नेपाल ठाकुर समाज, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। 

कार्य सम्पादन समितिको यो निर्णयपछि कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भ्रातृसंस्थाको पदाधिकारीहरु पनि अब जिम्मेवारीमुक्त भएका छन्। 

यो बैठकले भ्रातृ एवम् शुभेच्छुक संस्थाहरूको विधान पारित गरेको प्रवक्ता डा. महतले बताएका छन्। विधान पारित भएपछि नेपाल विद्यार्थी संघमा अब ३२ वर्षे उमेर हद लागु भएको छ। तरुण दलमा पनि ४५ वर्षे उमेर हद लागु भएको छ।कांग्रेसले मंगलबार नै बसेको संसदीय दलको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।

१२ प्रस्ताव - स्थानीय निर्वाचन तयारी सम्बन्धि :-






Post a Comment

0 Comments