Breaking News

6/recent/ticker-posts

Header Ads Widget

बैरेनी अस्पतालमा उपचार नपाएपछि यस्सै फर्किए बिरामी

गल्छी खबर, फाल्गुण १४। विगत दुई वर्ष देखि बैरेनी स्वास्थ चौकी लाई बैरेनी अस्पताल भनी नामकरण गरियो तर हाल सम्म पनि आकस्मिक सेवा सञ्चालनमा नआएकोले अस्पताल पुगेका सेवा ग्राही प्राइभेट क्लिनिक तिर धाउनु परेको छ।



अस्पतालमा प्रदान गरिने २४ घण्टे आकस्मिक सेवा हालसम्म सञ्चालनमा नआउनुमा दोषी को ? भनेर गल्छी खबर टीम अस्पतालमा बुझ्न जाँदा पटकपटक जनप्रतिनिधि लाई यसको बारेमा जानकारी गराईएता पनि उहाँहरूबाट थप पहली कदम नचालिएको बुझिएको छ ।



बैरेनी अस्पतालमा सेवा लिन बिहान १० बजेको समय सम्म नै कुर्नुपर्ने बाध्यता रहेको छ भने शनिबार त पूर्णरूपमा बन्द नै रहेको पाइयो ।



चुनावको घोषणापत्रमा आफ्नो नागरिकलाई २४ घण्टा स्वास्थ सेवा उपलब्ध गराउने भनिए पनि गल्छी गाउँपालिकामा एउटा मात्रै रहेको सरकारी अस्पताल त्यही पनि हरेक शनिबार बन्द भएको पाईन्छ ।



Post a Comment

0 Comments