Breaking News

6/recent/ticker-posts

Header Ads Widget

कांग्रेसका नेता विनोद चौधरीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

 


गल्छी खबर । नेपाली कांग्रेसका नेता एवम् खर्बपति व्यापारी विनोद चौधरीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

मधेसी कोटाका उम्मेदवार सुभाषचन्द्र यादवले मंगलवार पार्टीको केन्द्रीय निर्वाचन समिति, निर्वाचन आयोग र चौधरीलाई विपक्षी बनाएर रिट दायर गरेका छन् । रिटमा निर्वाचन समितिको मिलेमतोमा चौधरी पार्टीको विधान विपरीत मधेसी कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको दाबी गर्दै पद खारेजीको माग गरिएको छ। 

निरन्तर पार्टीको १० वर्ष सदस्य भएको व्यक्ति मात्रै केन्द्रीय कार्यसमितिमा सदस्यको उम्मेदवार हुन पाउने कानुनी व्यवस्था भए पनि सदस्य भएको ६ वर्ष पनि नपुगेका चौधरी उम्मेदवार बनेका थिए। उम्मेदवारी विधान विपरीत भए पनि कसैले दाबी विरोध नगर्दा उम्मेदवारी सदर भएर उनी निर्वाचित भएका थिए। 

निर्वाचनको परिणाम घोषणा अगाडि उनको उम्मेदवारी विधान विपरीत भएको सार्वजनिक भए पनि दाबी विरोध नपरेको भन्दै निर्वाचन समितिले मत परिणाम स्वीकार गर्दै उनलाई मधेसी कोटाबाट केन्द्रीय सदस्यमा निर्वाचित भएको प्रमाणित गरेको थियो।

Post a Comment

0 Comments