Breaking News

6/recent/ticker-posts

Header Ads Widget

एमसीसीको विरोधमा धादिङमा एकीकृत समाजवादीका भातृ संगठनहरुको प्रदर्शन !!

  


गल्छी खबर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता खारेजीको माग गर्दै आइतबार धादिङमा नेकपा एकीकृत समाजवादीका भातृ संगठनहरुको प्रदर्शन गरेका छन् ।


विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अ.ने.म संघका सबिता अर्यालले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले स्वीकार्न नहुने बताए । उनले सम्झौता पारित गर्न अमेरिकाले नेपाली नेताहरुलाई धम्की दिए पनि अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए ।

यु
वा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य टिकाराम नेपालीले एमसीसी परियोजनाबारे राजनीतिक र नागरिक तहमा थुप्रै प्रश्न उठेकाले त्यसबारे सहमति नगरिकन संसदमा लैजानै नहुने बताए । अनेरास्ववियू केन्द्रिय सचिवालय सदस्य सन्दिप घिमिरेले एमसीसी सम्झौता राष्ट्रिय स्वाधिनता विपरीत भएकाले स्वीकार्य नहुँने  एससीसी अमेरिकी सैन्य ल्याउने रणनीति भएको भन्दै उक्त परियोजना पास गर्न नहुने बताए ।
धादिङमा भएको प्रदर्शनीमा एमसीसी बारे किसान संघका जिल्ला अध्यक्ष शिव सापकोटा के भन्छन् भिडियो तल



Post a Comment

0 Comments