Breaking News

6/recent/ticker-posts

Header Ads Widget

कांग्रेस र एमालेबीचको वार्ता विना निश्कर्ष सकिएको छ ।

गल्छी खबर, फाल्गुण १४। सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको वार्ता विना निश्कर्ष सकिएको छ ।



एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुबै दलका नेताहरु आआफ्नै अडानमा रहेपछि बैठकमा कुनै ठोस निर्णय नभएको नेताहरुले बताएका छन् ।

बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताए ।

वार्ता सकारात्मक दिशामा अघि नबढेपछि शनिबार साँझ ५ बजे बालकोट जाने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारमै रोकिए।

सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको पक्षमा उभिन तयार नभएको तथा एमाले पनि सहकार्यमा तयार नभएपछि देउवा अझै अनिर्णित छन्।

Post a Comment

0 Comments