गल्छी खबर, फाल्गुण १४। मोटरसाइकल दुर्घटना हुँदा सुर्खेतमा वडाध्यक्षको मृत्यु भएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका–१ का वडाध्यक्ष ३० वर्षीय नवराज कार्कीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
उपचारको लागि उनलाई काठमाडौं ल्याएको थियो। शुक्रबार राति न्यूरो अस्पताल बासबारीमा उनको मृत्यु भएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिएका छन् ।
८ फागुनमा कार्की सवार सवार भे ६ प ४४०१ नम्वरको मोटरसाइकललाई कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरकोफोर्स गाडीले भेरीगंगा नगरपालिका–१२ मा ठक्कर दिँदा कार्की गम्भीर घाइते भएका थिए।
कार्की नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। कार्कीको निधनप्रति माओवादी केन्द्र सुर्खेत दुःख व्यक्त गरेको छ।
0 Comments