Breaking News

6/recent/ticker-posts

Header Ads Widget

भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो!’ :- डा. बाबुराम भट्टराई

 


गल्छी खबर । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई लक्ष्य गरी एमसीसीका समर्थक र विराेधी एउटै सरकारमा बस्न नमिल्ने बताएका छन्  ।

एमसीसीका पक्ष र विपक्ष एउटै गठबन्धनमा रहन नमिल्ने भनेका छन् पूर्वप्रधानमन्त्री भट्टराईले ।

'एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र विकास नीतिको विषय बनाउने हो भने यसका समर्थक र विरोधीहरू एउटै गठबन्धन/सरकारमा बस्न मिल्दैन’, डा. भट्टराईले मंगलबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘सत्ताको तर पनि मार्ने र बाहिर साखुल्ले हुने छुट हुनु हुँदैन। भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो!’

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र जसपा एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छन् भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले त्यसको विरोध गरिरहेका छन्।

Post a Comment

0 Comments