उपत्यकामा निजी सवारी साधन चलाउनका लागि लगाइएको जोर-बिजोर प्रणाली भोलिसम्म कायम हुने भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जोर-बिजोर प्रणाली भोलिसम्म यथावत रहेको जानकारी दिएका छन्।
उपत्यकाका तीन वटै सिडिओ कार्यालयले माघ १४ गते निजी सवारी साधनमा जोर-बिजोर लागू गरिएको आदेश जारी गरेको छ।
सरकारले संक्रमण दर उच्च रहेको भन्दै माघ ८ गतेदेखि जोर-बिजोर प्रणाली लागू गरेको थयो। तर पछि जोर-बिजोर प्रणालीले अत्यधिक भीडभाड बढाएको भन्दै आलोचना भएपछि माघ १४ गतेदेखि ट्याक्सीबाहेकका सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हटाइएको थियो।
0 Comments