Photo source:- BankingKhabar |
गल्छी खबर । यस हप्ता शेयर बजारमा उतार चढाव नै कायम रह्यो। आइतबारदेखि बिहीबारसम्मको समग्र कारोबारमा २ दिन शेयर बजार बढेको छ भने २ दिन केही घटेको छ । अघिल्लो हप्ताको बिहीबार २ हजार ७७९.९८ बिन्दुमा रोकिएको नेप्से यस हप्ताको बिहीबार २ हजार ८७६.७५ बिन्दुमा पुगेर रोकिएको छ। यसर्थ समग्रमा यस हप्ता नेप्से ९६.७७ अंकले बढेको छ।
आइतबार १०५.५५ अंकले बढ्यो, सोमबार १३.४८ अंकले घट्यो, मंगलबार १९.२६ अंकले बढ्यो, बुधबार सोनाम लोसारका कारण विदा भएपछि शेयर कारोबार भएन र बिहीबार नेप्सेमा १४.५८ अंकको गिरावट भएको थियो ।
२२४ वटा धितोपत्रको १ करोड ५७ लाख ८० हजार कित्ता शेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार रुपैयाँमा खरिद विक्री भएको छ । १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ ।
0 Comments