Breaking News

6/recent/ticker-posts

Header Ads Widget

डिजिटल कारोबारमा खल्तीकोअर्को फड्को ग्राहकले अब फोनपेबाटै भुक्तानी गर्न सक्ने,

     खल्तीका प्रयोगकर्ताले फोन पेको नेटवर्क प्रयोग गरेका क्युआर कोडमार्फत भुक्तानी गर्नसक्ने भएका छन्। 

    





भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र भुक्तानी सेवा प्रदायक खल्ती डिजिटल वालेट
(स्प्यारो पे प्रालि)बीच सोमबार सम्झौता भएको हो। 

    फोन पेको तर्फबाट नायब प्रमुख कार्यकारी दिवस सापकोटा र खल्तीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काबीच सम्झौता भएको छ। फोन पेका नायब प्रमुख कार्यकारी अधिकृत सापकोटाले डिजिटल नेपालको लागि ठूलो सम्झौता भएको बताएका छन्। 

    ‘हामीसँग ५९ वटा मेम्बर रहेका थिए। अब खल्ती फोन पेको नेटवर्कमा जोडिएको छ’, सापकोटाले भने,  ‘क्यासलेस सिस्टमको लागि यसले ठूलो सहयोग पुग्नेछ।’

    खल्तीका प्रयोगकर्ताले फोन पेको क्यूआर कोडमार्फत सहजै भुक्तानी गर्न पाउने भएका छन्। फोन पेले नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरेको छ। ‘पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारलाई तीव्रता दिइरहेको खल्तीसँग सहकार्य गर्न पाउँदा खुसी छौँ’, सापकोटाले भने,  ‘दुवै कम्पनीको लडाइँ नगद कारोबारसँग हो। क्यासलेस अर्थतन्त्र निर्माण गर्न सहकार्यले थप मद्दत पुग्नेछ।’

    नेपालमा हालसम्म ६ देखि ७ प्रतिशत मात्रै डिजिटल कारोबार हुँदै आएको छ। फोन पेबाट १ महिनामा ५१ अर्ब बराबरको कारोबार भएको थियो। सम्झौता कार्यक्रममा खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल अर्थतन्त्रमा कोशेढुंगा साबित भएको बताए। 

    ‘सम्झौताले खल्ती फोन पेको मात्र नभई २० लाखभन्दा बढी खल्तीका प्रत्यक्ष प्रयोगकर्ता लाभान्वित हुनेछन्’, सीईओ खड्काले भने,  ‘दुई कम्पनीबीचको सहकार्यले डिजिटल इकोसिस्टमलाई अझ विश्वसनीय र सशक्त बनाउन मद्दत गर्नेछ।’

    डिजिटल नेपालको परिकल्पना गर्दै २ वर्षअगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख २० हजारभन्दा बढी मर्चेन्ट छन्। बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकताले फोनपेमार्फत कारोबार गर्दै आएका छन्। फोनपेमा सेल पे, आईएमई पेसँगै बैंक तथा वित्तीय संस्था सहकार्य गर्दै आएका छन्। फोन पे र इसेवाका लगानीकर्ता एउटै हुन्। 

    ‘फोन पे पीएसओ र इसेवा पीएसपी कम्पनी हुन्,’ सापकोटाले भने,  ‘फोन पेका लागि इसेवा र खल्ती दुवै बराबरी कम्पनी हुन्।’


    सन् २०१७ बाट आफ्नो सेवा सुरु गरेको खल्तीमा २० लाख बढी प्रयोगकर्ता छन्। खल्ती डिजिटल वालेटले मोबाइल टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बीमा प्रिमियम तथा अनलाइन सपिङ साइटमा भुक्तानी गरी ६० हजार सेवाहरुको डिजिटल भुक्तानी दिँदै आएको छ।

Post a Comment

0 Comments