गल्छी खबर, माघ-१६। आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक कोभिड १९ संक्रमणको जोखिमको कारण देखाउँदै स्थगित गरिएको छ ।
शनिबार संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक माघ २६ गतेका लागि सारिएको छ । कोभिड १९ संक्रमणको जोखिम यथावत रहेको कारण उक्त दिन र समयमा बैठक बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ माघ २६ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,' संघीय संसद्का महासचिव भरतराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
यसअघि बसेका संसद् बैठक भने प्रतिपक्षी दल नेकपा एमालेका सांसद्हरूले अवरोध गर्दैआएका थिए । सभामुखको भूमिकाप्रति आपत्ति जनाउँदै एमालेले संसद् बैठक अवरोध गर्दैआएको छ ।
0 Comments