Breaking News

6/recent/ticker-posts

Header Ads Widget

अवैध रुपमा रक्सी बेच्ने ४ पक्राउ


गल्छी खबर ।  पर्सा जिल्ला गादी घर भई बुढानिलकण्ठ एरियामा बस्ने सन्तोष चन्द्र बख्रेल समेतका व्यक्तिहरूले Red Label, Black Label, Absolut Vodka, Chivas Regal लगायतका रक्सीहरू भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको बिशेष टोलीले मिति २०७८।१०।१४ गते उपत्यकाका रामकोट, बानेश्वर, कपन लगायतका विभिन्न स्थानहरूबाट २९६ कार्टुन मदिराहरू सहित सन्तोष चन्द्र बख्रेल समेत ४ जनालाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चातः थप अनुसन्धान तथा कारवाहीको लागि मिति २०७८।१०।१६ गते राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाईएको छ र साथै बरामद गरिएका मदिराहरुको गुणस्तर परिक्षणको लागी पठाएको  छ । 

पक्राउ परेका व्यक्तिहरु:-                                    १.नामः सन्तोष चन्द्र बख्रेल (३९ वर्ष)  ठेगानाः जि.पर्सा, गादी गा.वि.स. वडा नं. ०८ हालः का.जि.कपन

२. नामःशैलेश पन्त (३० वर्ष)ठेगानाः का.जि.कागेश्वरीमनहरा न.पा.०६

३. नामः रविन पाख्रिन (२८ वर्ष)  ठेगानाः जि.पर्सा, सुवर्णपुर गा.वि.स.वडा नं.०५हालः का.जि.हांडिगाँउ

४. नामः नारायण प्रसाद घिमिरे (३८ वर्ष) ठेगानाः जि.सर्लाही, वरहथवा न.पा.वडा नं.०९ हालः का.जि.चावहिल

अनुसन्धानबाट खुल्न आएका कुराहरुः-

•रवि भन्ने भारतिय नागरिक र नेपाली नागरिक सन्तोष चन्द्र बख्रेलको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरू विक्रि वितरण गरेको ।

•सन्तोष चन्द्र बख्रेलले विगत ३ महिना अगावै प्रथम पटक १६० कार्टुन, दोस्रो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याई गैर कानुनी रुपमा विक्रि वितरण गरेको । 

•सन्तोष चन्द्र बख्रेलले बजारमा विक्रि वितरण गर्न ईन्फिनिटि लिक्योर, मुलपानीका संचालक शैलेश पन्तसंग मिलेर काम गर्दै आएको 

•नारायण प्रसाद घिमिरेले उक्त ब्राण्डका मदिराहरू डिउटी फ्रीको हो भनि ग्राहकलाई विश्वास दिलाई विक्रि गर्दै आएको ।

•उक्त राजश्व छलिका मदिराहरू विशेषतः पाटी प्यालेसमा विक्रि वितरण गर्ने गरेको ।

•बरामद मदिराको अन्दाजी बजार मुल्य रू. १,५०,००,०००।– (एक करोड  पचास लाख) रहेको ।

•बरामद गरेका सामानहरुः- जम्माः- २९६ कार्टुन

Post a Comment

0 Comments