गल्छी खबर, माघ ३। घर घरमा रोजगार गाँजा नै नेपालको प्रथम व्यापार भन्ने मुल नाराका साथ नेपाल गाँजा बैधानीक महाअभियानले स्वास्थ्य राज्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । महाअभियानका संयोजक मदन कोईराला लगायतको टोलीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा स्वास्थ्य राज्यमन्त्री भबानी खापुङलाई गाँजा वैधानिकताको माग गर्दै ज्ञापन पत्र बुभएको हो ।
उक्त भेटमा स्वास्थ्य राज्यमन्त्री गाँजाको बिषयमा सकारात्मक हुनुका साथै उक्त बिषयलाई आगाडी लैजान मद्दत गर्ने प्रतिबद्धता जनाएको बताईएको छ । एचआईभि, क्यान्सर लगाएत दिर्घरोगको उपचारमा गाँजाको प्रयोग प्रभावकारी भएको विश्व ईतिहासमा उदाहरण प्रसस्त रहेको भन्दै गाँजालाई बैधानीकता दिनुपर्ने आवस्यकता महाअभियानले औंल्याईएको छ ।
अहिले पश्चिमा मुलुकहरु अमेरिकामा क्यान्सरको दुखाई तथा तनाव कम गर्न गाँजाको प्रयोग हुनु र अष्ट्रेलियामा गाँजाबाट बनेका औंषधि निर्यातको घोषणा गर्नु यसका तमाम उदाहरणहरु रहेको ज्ञापन उत्रमा उल्लेख गरिएको छ ।
0 Comments