गल्छी खबर, माघ १। श्री शिवशक्ति युवा समाजद्वारा आज गल्छी १ भदौरेका राम बहादुर सार्कीलाई खाद्यान्न एवं लत्ताकपडा सहयोग गरिएको छ।
विगत केही समय देखि ब्याङ्ग्री रोगबाट खुट्टा गुमाउनु भएका गल्छी १ भदौरे निबासी राम बहादुर सार्कीलाई रु ६७७० रकम बराबरको खाध्यान्न तथा ब्ल्याङ्केट, कपडा र निजको छोरीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । निज राम बहादुर सार्कीलाई उहाँकै निवासमा गई उक्त सामग्री हस्तान्तरण गरिएको जानकारी युवा समाजका सल्लाहकार संयोजक सुब्बा श्रेष्ठले गल्छी खबरलाई बताउनुभयो। अध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठका अनुसार यस कार्यमा सहयोग गर्ने ब्यक्तिहरु:
१ बिन्नारायण श्रेष्ठ १०००
२ रामशरण श्रेष्ठ १०००
३ कुमार खतिवडा ५००
४ सन्तोष श्रेष्ठ ५००
५ सुबिन श्रेष्ठ ३००
६ सुमन श्रेष्ठ २००
७ तिलक खतिवडा २००
८ सोबिता गिरी १००
९ ललिता श्रेष्ठ १००
यस कार्यको लागि बाँकी रकम यस युवा समाजको कोषबाट खर्च गरिएको छ । यस कार्यको लागि सहयोग गर्नुहुने सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरुलाई श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको छ ।
केही समय अघि यस समाजले सहयोगका लागि सामाजिक सञ्जाल मार्फत आह्वान गरेको थियो।
गल्छी गाउँपालिका वडा नम्बर १ भदौरे निबासी राम बहादुर सार्कीलाई ब्यङ्ग्री रोग लागि खुट्टा समेत काटी अप्रेसन गर्नुपर्ने भएको र निजको आर्थिक अवस्था निकै कमजोर भएको कारण केही आर्थिक सहयोग गर्ने निर्णय गरिएको हुनाले यस युवा समाजसंग जोडिएर आर्थिक सहयोग गर्न चाहने सम्पूर्ण सहयोगी मनहरुलाई यस युवा समाजसंग आवद्ध तल उल्लेखित आधिकारिक ब्यक्तिहरुसंग सम्पर्क गरी आफुले सकेको सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
गल्छी बजार एरियामा - राजु गिरी (9865049821), कल्लेरीटार एरियामा- दिपेन्द्र श्रेष्ठ नगरकोटी (9818259987), काठमाडौँ उपत्यकामा- राजकुमार ढुंगाना(9849959904), थुम्कीबाट माथिको एरियामा- सुबिन श्रेष्ठ (9862263638), सुन्टार एरियामा- शिब गिरी (9810097615) र बिबेक गिरी (9810116472), रातोचौर एरियामा- किरण श्रेष्ठ (9808880812) र पोखरा एरियामा-अशोक श्रेष्ठ(9860194428)
श्री शिवशक्ति युवा समाज परिवार
गल्छी-१, सुन्टार धादिङ ।
9841780620 र 9813030118 सुब्बा श्रेष्ठ
0 Comments