गल्छी खबर, मंसिर १६। कोरोना अहिलेपनि बिबिध रुपमा कायमै छ । कैले कुन भेरीएन्ट भएर आउँछ कैले कुन ।लामो समय भयो कोरानको त्रास मान्छेको मनमा बसेको । कोरोनाले मानिसको दैनिक जीवनशैली नै उथलपुथल बनायो ।
कतिले खोप लागाए, कतिलाई खोप कहाँ कैले र कसरि लगाइन्छ भन्ने जानकारी समेत छैन । दिनानुदिन मिडियाहरुमा यति मान्छेले खोप लागाए,यति डोज खोप फलानो देशबाट आयो भनेको सुनिए पनि खोप लगाउनेहरुमा नै सक्रमण भैरहेको पनि देखिएको छ । यस्तो त्रसादिको अवस्थामा पनि हामीले सरकारको अभिभावकत्व महसुस गर्न नपाउनु दु:खको कुरो हो ।
कोरानाको असर रहित क्षेत्र कुनै छैन,कतै कम होला कतै धेरै होला ।यसले सामाजिक आर्थिक शैक्षिक क्षेत्रमा मात्र नभई स्वास्थ क्षेत्रमा पनि असर पारेको छ ।
शारीरिक साथै मानिस को मानसिकता मा पनि असर गरेको छ । कोरोनाले कसैको परिवारको सदस्य खोसेको छ,कसैको आम्दानीको स्रोत खोसेको छ । समग्रमा भन्दा कोरोनाले संसारको साटो लागेको छ, कतिपय मान्छेहरुको जीवन तहसनहस पारेको छ ।
२०७६ फल्गुन २८ मा देशमा लकडाउन भयो । तर लकडाउनले रोग छेक्न सकेन नेपालमा पहिलो पल्ट यो रोग ९ माघ २०७६ गते चिन बाट आएको मन्छे मा देखा परेको थियो । २२ गते चैत्र मा कैलाली को गाउँ बासी मा देखे सङै लक डाउन गरेको मेरो देश को आबस्था नाजुक भएको छ ।
कोरोनाको जस्तै लक्षण भएको मानिस हरु आइ रेहेका छन् । एउटा घर को सबै जना पालै पिलो एकै लक्षण लिएर आउनु हुन्छ अनि मन झसंग हुँदै औसधि दिन्छु । औसधि ले पनि न भेट्ने रोगलाई सामन्य भिटामिन र पौष्टिक खाना ले ठिक भइरहेको पाउँछु ।
श्वास प्रश्वास को माध्यम बाट सर्ने यो रोग को जास्तै लक्षण लियर म भएका मेडिकल मा आउछन् मन्छेहरु । उहाँ हरु भन्नू हुन्छ ‘जरो आयो , खोकी लाग्यो , रुघा लाग्यो जिउ दुख्यो’ आदि । न औसधि ले प्रभाबकरी काम गर्छ न रोग कमि हुन्छ ।
झाडा पखालाले सताएको मानिस लाई सामान्य औसधि ले न भेटेर हस्पीटल नै भर्ना गर्नु पर्ने सम्मको अबस्थामा मलाई कतै कोरोना भाइरस यतै त छैन जस्तो लाग्छ ।
जीउ दुख्यो , खान मन लागेको छैन , रुघा खोकि लाग्यो ,घाटि दुख्यो,टाउको दुख्यो भन्ने बिरामी हरु दिनमा २ गुना रातमा ४ गुना ले बढ्दै आएको देखेर कतै कोरोना यतै त छैन जस्तो डर लग्छ । घाटि दुखेर जरो आएको रुघा लगेको लाई पि. सि. आर. गर्नु भनेर पठाएको सबै को रिपोर्ट पोजेटिभ देख्दा आफै लाई आचम्म लाग्छ ।
सदरमुकाममा बस्ने मेरो साथि जो पि.सि.आर.जाच गर्ने सुबिधा भएको ठाँउ मा बसिरहेको उसलाई कोरोना विरुद्ध को सुइ लगाए पछि पनि ४ पटक पि.सि. आर. पोजेटिभ देखाएको देखेपछी मलाई सामान्य रुघा खोकी मा पनि कोरोना रोग देखाउछ जस्तो लाग्छ मलाई ।
नेपालमा पि.सि.आर. गर्ने सहज माधम र उपकरण नभएर होला सायद कोरोना को बिरामी हरु कम भएको होलान ।कोरोना ले मानिसको अङ्ग मा मात्र नभइ मानसिकता मा पनि असर गर्दै गरेको आबस्था मा मानिसहरु लाई त्यस्तै समस्या हरु देखा पर्दै गर्दा कोरोना बाट बच्ने उपायहरु अपनाउन जरुरत हुन्छ जस्तो लाग्छ ।
कोरोनाको ठ्याक्कै औसधि बनिसकेको छैन,विस्वभरि खोज जारि नै छ । खोप हाम्रो इम्युनिटी बढाएर संक्रमणको खतरा कम गराउन मात्रै सक्षम छ भनिएको छ ।
यस्तो अवस्थामा हामीले सतर्क रहेर सुरक्षा बिधि अपनायर सकभर कोरोना संक्रमणको खतरालाई कम गराउन सक्छौ । हामीले बेवास्ता गर्ने हो भने कोरोना प्रभाव फेरी पुरानै लयमा फर्किन समय लाग्दैन । तसर्थ कोरोनालाई सामान्य रुपमा लियर बेवास्ता नगरौ । आफु संगै अरुको स्वास्थ्यको पनि ख्याल गरौ । कोरोनाबाट आफु पनि बचौ अरुलाई पनि बाचाऔँ ।
✍️ गल्छी गाउँपालिका वडा नं १ स्थित डुम्रीचौरका मेडिकल सञ्चालक स्वास्थ्य कर्मी सरन सापकोटा
0 Comments