गल्छी खबर, मङ्सिर ८। युरोपको सबैभन्दा ठूलो र शक्तिशाली अर्थतन्त्र जर्मनीले गॉजाको मनोरञ्जन प्रयोगलाई वैधानिक बनाउने नयाँ गठबन्धन सरकारले घोषणा गरेका छन् । गठवन्धन पार्टी नेताहरूले आज सत्ता साझेदारी सम्झौतामा सही गरेका छन्।
केन्द्र-वामपन्थी एसपीडी, उदारवादी फ्रि डेमोक्र्याट र इको-फ्रेन्डली ग्रीन्सले अब एन्जेला मर्केलको कन्जरभेटिभ सीडीयू पार्टीबाट सत्ता लिदै छन्।
आज सरकारको लागि आफ्नो एजेन्डा प्रकाशित गर्दै, तथा कथित 'ट्राफिक लाइट' गठबन्धनले भने, गॉजालाई नियमन गरिनेछ र वयस्कहरूलाई इजाजतपत्र प्राप्त पसलहरूमा प्रयोगको लागि बेचिनेछ ।
जर्मनीले गॉजा वैध गरेपछि सारा युरोप उससंगै लतारिदै छ जसरी लेटिन अमेरिकामा ब्राजिल र अर्जेन्टिनाले गॉजा वैध गर्न लागेर त्यहॉ अरू देशलाई लतार्दैछ। जसरी अफ्रिकामा दक्षिण अफ्रिकाले गॉजा वैध गरेर अरूलाई लतारेको छ, जसरी एशियामा थाईलैण्डले र ईस्लामिक मुलुकमा पाकिस्तानले लतार्दै छ।
नेपाल भारतले लतार्नेछ कुयिनकि भारतले यही हप्तामा गॉजा कानुनमा संसोधन गरिसकेको छ र ८ राज्य गॉजा वैध भइसकेका छन्।
अमेरिकालाई क्यानाडा र मोक्सिकोले लतार्दैछ। त्यहॉ ४४ राज्यमा वैध भइसकेको छ र संघमा वैध गर्ने वील पेश भईसकेको छ।
0 Comments