गल्छी खबर, मङ्सिर ५। नेकपा एमाले गल्छी गाउँपालिका कमिटीको प्रथम अधिबेशन २०७८ मंसिर ४ गते गल्छीमा भब्यरुपमा सम्पन्न भएको छ ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेशनले केदार खतिवडाको अध्यक्षता पार्टी संगठन कमिटीको चयन गरेको छ ।
अधिवेशन उदघाट्न कार्यक्रमलाई एमालेका केन्द्रीय सदस्य धादिङ जिल्ला इन्चार्ज एबम प्रतिनिधि सभा सदस्य खेम लोहनी , धादिङका कम्युनिस्ट पार्टी सस्थापक एवं एमाले बागमती प्रदेश कमिटी सदस्य जगन्नाथ नेपाल, प्रदेश कमिटी सदस्य नरेश खतिवडा, उमा सिम्खडा, जिल्ला अध्यक्ष एवं प्रतिनीधि सभा सदस्य भुमी त्रिपाठी, गल्छी गाउँ पालिका उपाध्यक्ष एवं एमाले जिल्ला सदस्य राधा तिमिल्सिना लगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा चर्चित लोकगायक बद्री पङगेनी र हास्यकलाकार राजा राजेन्द्रको विशेष प्रस्तुति समेत रहेको थियो । अधिबेशन उदघाटन कार्यक्रममा भाग लिन उल्लेख्य संख्यामा एमालेका कार्यकर्ता, समर्थक हरुको उपस्थिति रहेको थियो । पृथ्वीराजमार्गमा विशाल र्याली समेत निकालिएको थियो ।
0 Comments