Breaking News

6/recent/ticker-posts

Header Ads Widget

'महाधिवेशनका बेला पनि एम्बुलेन्स सञ्चालन सहज बनाइयोस्': "संयुक्त एम्बुलेन्स चालक संघ"

 देशभरका एम्बुलेन्स चालकहरुको छाता संस्था संयुक्त एम्बुलेन्स चालक संघ नेपालले एम्बुलेन्स सञ्चालनमासमेत रोक लगाउने कार्यप्रति विरोध जनाएको छ।



नेकपा एमालेको महाधिवेशनको समयमा एम्बुलेन्स सञ्चालनमा पनि रोक लगाइएकोप्रति ध्यानाकर्षण भएको संघले जनाएको छ।

'भूकम्प, आगालागी, बाढी, पहिरो, कोरोना महामारी, जनअन्दोलन, नेपाल बन्द जस्ता जोखिमपूर्ण समयमा पनि अहोरात्र २४ सै घन्टा सेवा दिएको एम्बुलेन्सलाई महाधिवेशनका कारण रोकिन लागेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' अध्यक्ष नवराज लामिछानेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

उक्त निर्णय तत्काल फिर्ता लिएर एम्बुलेन्सको सहज आवतजावतको वातावरण बनाइदिन संघले माग गरेको छ।

Post a Comment

0 Comments