Breaking News

6/recent/ticker-posts

Header Ads Widget

शिवशक्ति युवा समाजले सम्पन्न गर्यो खेलकुद तथा सांस्कृतिक कार्यक्रम

 गल्छी खबर, कात्तिक २०। श्री शिवशक्ति युवा समाजको खेलकुद तथा सांस्कृतिक कार्यक्रम उपसमितिद्वारा शुभ दीपावली, नेपाल सम्वत् ११४२ र छठ पर्वको उपलक्ष्यमा आयोजित वडास्तरिय भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भएको छ ।




समाजका अध्यक्ष दीपेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन सचिव सुमन श्रेष्ठले गर्नु भएको थियो । सल्लाहकार समितिका सदस्य राजु गिरीद्वारा स्वागत र शुभकामना मन्तव्यबाट शुरु भएको कार्यक्रममा बिभिन्न अतिथिहरुले आ-आफ्नो शुभकामना र मन्तव्य व्यक्त गर्नुभएको थियो । 




यस कार्यक्रममा आजीवन सदस्यहरुलाई सम्मान र आजीवन सदस्यता प्रदान गरिएको थियो ।  आजीवन सदस्यता लिई यस युवा समाजलाई भबिष्यमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्ने सदस्यहरु गोबिन्द गिरी, अशोक श्रेष्ठ, किरण श्रेष्ठ, नारायण श्रेष्ठ र कमल श्रेष्ठ रहनु भएको छ। 




वडा भित्र रहेका प्रतिभाशाली खेलाडी छनौट गरी भबिष्यमा वडाकै प्रतिनिधित्व गरी खेल्न सक्ने भलिबल खेलाडी छनौट गर्ने उद्देश्यले आयोजना गरिएको खेलमा ५ टिम सहभागी थिए भलिबल प्रतियोगिताको उद्घाटन १८ गते वडा नंम्वर १ का का. मु. वडाध्यक्ष श्री मदन खतिवडाले गर्नु भएको थियो । प्रतियोगितामा बतासे भलिबल टिम प्रथम, दलाङ भलिबल टिम द्वितीय र थुम्की भलिबल टिम तृतीय भएको थियो भने दलाङ भलिबल टिमका राजेश बिसुन्के उत्कृष्ट खेलाडी घोषित हुनुभएको थियो । प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमश ५०००, ३००० र २००० नगद पुरस्कार र प्रमाण-पत्र प्रदान गरिएको थियो भने उत्कृष्ट खेलाडीलाई ५०० नगद पुरस्कर प्रदान गरिएको थियो । त्यसै गरि सांस्कृतिक कार्यक्रम अन्तर्गत नृत्यहरु,  चुट्किला,  हांस्यकला,  घ्याम्पो फुटाई तथा बालबालिकाहरुको लागि चम्चा दौड  समेत राखिएको थियो । अति नै रोमाञ्चक भएको घ्याम्पो फुटाई कार्यक्रममा बृद्ध देखि बालक समेत गरी ३२ जना सहभागी मध्ये अरुस श्रेष्ठ एकजनाले मात्र लक्ष्यमा प्रहार गर्न सफल हुनुभएको थियो ।  




स्थानीय कलाकार भाई बहिनीहरुको साथै All style of dance center गल्छीका कलाकारहरुद्वारा कार्यक्रममा बिभिन्न नृत्यकलाहरु प्रस्तुत भएको थियो । स्थानीय कलाकार समूहको नेतृत्व कुसुम श्रेष्ठले गर्नुभएको थियो । 




स्थापना भएको छोटो समयमै सबैको आशा, भरोसा र विश्वास जित्न सफल यस समाजले भविष्यमा पनि सबैको साथसहयोगमा सामाजिक कार्यहरुमा आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । कार्यक्रम र भलिबल खेल सभ्य रुपमा संचालन गर्न सहयोग गर्ने स्वयंसेवकहरुलाई समेत कदरपत्र प्रदान गरिएको थियो । 



खेल र कार्यक्रमको लागि आवश्यक बल, जाली, जर्सी र क्याप टोपी दिई महत्वपूर्ण योगदान दिनुहुने समाजसेवीहरु भाईकाजी तिवारी र किरण नेपाल प्रति बिशेष आभार प्रकट गर्दै समापन भएको कार्यक्रममा समाजका अध्यक्ष तथा कार्यक्रमका  सभापति दीपेन्द्र श्रेष्ठले भविष्यमा अझै धेरै साथ र सहयोगको अपेक्षा गरिएको कुरा व्यक्त गर्नु भएको थियो ।

Post a Comment

0 Comments