गल्छी खबर, असोज २२। कन्चना देउराली युवा क्लव नुवाकोटले आयोजना गरेको चौथो अर्चले 7A SIDE नकआउट फुटबल प्रतियोगितामा शुभारम्भ युवा समाज गल्छीले पनि सहभागिता जनाउने भएको छ।
टिम दर्तामा शुभारम्भ युवा समाजले सन्दिप घिमिरेलाई सम्पूर्ण व्यवस्थापन साथै जितेन्द्र र सुमन महर्जनलाई प्रशिक्षकको जिम्मेवारी दिएको जानकारी संस्थाका सचिव सन्तोष नपालले बताउनुभयो।
बेलकोटगढी नगरपालिका वडा नं ६ को घेदुङ खेलमैदानमा २४ गते देखि सुरुहुने उक्त प्रतियोगितामा हाल सम्म १६ टिम दर्ता भएको जानकारी प्राप्त भएको छ।
कन्चना देउराली युवा क्लव नुवाकोटले यो प्रतियोगिता चौथौं पटक आयोजना गरेको हो जसमा आयोजकको रुपमा चौथो अर्चले नुवाकोट फुटबल प्रतियोगिता २०७८ समिति, लायन्स क्लब अफ काठमाडौं परोपकार र लियो क्लब अफ नुवाकोट परोपकार पनि रहेका छन्। प्रथम हुनेलाई खसी(नगद), मेडल प्रमाण पत्र पुरस्कार (रु ३०,०००/- बराबरको) र द्वितीय हुनेलाई रु १०,०००/-, मेडल प्रमाण पत्र रहेको छ।
0 Comments