हावाको झोक्का मा कुनैबेला बतासिदो रैछ जिन्दगी।
देखि धेर बिपत्ती कतै अनायासै हतासिदो रैछ जिन्दगी।
कठिन, मुस्किल बहाब मा पनि बगाउनु पर्ने रैछ जिन्दगी।
भुमरिरुपी आधिमा चलाएझै नाउ झै खियाउनु पर्ने रैछ जिन्दगी ।
दुख पिएर, मुस्कान देखाइ जिउनु पर्ने रैछ जिन्दगी।
पुरानै किन नहुन तरै
टालटुल गरि सिउनु पर्ने रैछ जिन्दगी ।
बाध्यताको सिकन्जिमा कस्सिएको रैछ जिन्दगी। सान्त्वना पाउछु देखि गुलाब सोची काडा बिचमा झै फुलेको रैछ जिन्दगी ।
जीवन को सार्थकता लाइ भुली डौडिएको जस्तै रैछ जिन्दगी ।
डुब्न लागेको घामछाया लाई प्राप्तिको लागि पौडिएको रैछ जिन्दगी |
मानबता लाई फाँसी दिएर
फोटोमा चढाइएको फुलमाला रैछ जिन्दगी । सुख्खा मरभुमिमा सिचाइ गरि फुलबारी बनाउने भुल प्रयास रैछ जिन्दगी ।
जसरी हुन्छ जे गरेर हुन्छ प्रयाश सबैको छ रैछ सुर्य झै चम्किन जिन्दगी ।
चिहान भित्र कुहिएको भएपनी बाहिरी रुप रङचुना झै झल्किन खोज्दो रैछ जिन्दगी ।
यस्तो जिन्दगी
खै के जिन्दगी ।
कवि विवेक बस्नेत भ्याली कलेज अफ इञ्जिनियरिङ्ग कलेजको सभापति हुन्।
0 Comments