गल्छी खबर, असोज २१ । नेचुरल स्पिरिट्स नेपालद्वारा तयार पारिएको अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट स्वादमा सारंगी ह्विस्की सोमबार देखि बजारमा आएको छ।
गल्छी गाँउपालिका वडा नं ४ धादिङमा उत्पादन गरिएको सारंगी ह्विस्की त्यस्तो स्वादको मदिरा हो, जुन हिमाली भेगको मधुरताबाट प्रेरित छ र यसमा हिमालकै सुर, स्वाद र जोस समेटिएको छ। यो प्रिमियम ब्लेन्ड गरिएको माल्ट मदिरा हो जसमा ३४.४४ प्रतिशत भिभी अल्कोहलको मात्रा रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
परम्परागत विधिलाई कायमै राखेर आधुनिक प्रविधिका साथमा उत्पादन गरिएको सारंगी मदिराको स्वाद उच्चकोटीको रहेको समेत कम्पनीले दाबी गरेको छ।
धादिङको लागि कम्पनीको आधिकारी डिस्ट्रिब्युटर लिएका गल्छी ईन्टरप्राईजेज् का साझेदारी बाबुलाल तामाङले सारंगी नेपालको मौलिक एवं आफ्नै पहिचान बोकेको मदिरा बताएका छन्। नेपाली बजारमा ७५०, ३७५ र १८० मिलि प्याकमा सारंगी उपलब्ध छ। जसको बजारमूल्य एमआरपी क्रमश: ९६०,४८० र २४० रहेको तामाङले बताए।
0 Comments