Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छीका युवा मिलेर अदुवारी विद्यालयका निम्न वर्गका विद्यार्थीहरुलाई गरे सहयोग

 गल्छी खबर, असोज २०। गल्छीगाँउपालिका वडा नं ४ अदुवाबारी स्थित बागेश्वरी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई गल्छीका युवाहरुले अध्ययन सामग्री लगायत खेलकुद सामग्री सहयोग गरेका छन्।      



विद्यालयमा अध्ययन गर्दै आएका केही विद्यार्थीहरु निम्न वर्गका भन्ने थाहा भएपछि गल्छीका युवाहरु मिलेर आज विद्यालय नै गएर हरेक विद्यार्थीलाई विविध सामाग्री वितरण गरेका छन्। 



उक्त विद्यालयमा अध्ययनरत अधिकाम्स विद्यार्थीहरु दलित तथा निम्न वर्गको विद्यार्थी अध्ययन गरिरहेका भन्ने खबर केही दिन अगाडि हामीलाई आएको थियो र हामीले त्यहि समयमा प्रतिबद्धता पनि जाहेर गरेका थियौ जे जति सकिन्छ सहयोग गर्छौ भनेर त्यहि प्रतिबद्धता अनुसार आज हामीले साना भाइ बहिनीहरुलाई हाम्रो तर्फ बाट केही शैक्षिक तथा खेलकुद सामाग्री स्कुलको शिक्षक शिक्षिका ज्युहरुका साथमा हस्तान्तरण गर्यौं र आगामी दिनमा गल्छी गाउँपालिकाको दुर दराजमा अध्यनरत विद्यार्थी भाइ बहिनीहरुलाई हामी जे जति सक्छौ त्यहि अनुसार को सहयोग उपलब्ध गराउने सक्दो प्रयास गर्दछौ भनेर राज कुमार थापाले गल्छी खबरलाई जानकारी दिनुभयो। विद्यालयलाई पनि केही खेलकुद सामग्री एवं शैक्षिक सामग्री सहयोग गरिएको थियो।



थापा भन्छन् आर्थिक अवस्था कै कारण अध्ययनमा समस्या परेका विद्यार्थीहरुलाई यसै गरि अबका दिनमा पनि सहयोग गर्दै जानेछौ र यस अभियानलाई तिव्रता दिनेछौं । यस अभियानले यस अघि लकडाउनको बेलामा आपतमा परेका करिब ७० परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको थियो भने गल्छी गाउँपालिका वडा नं १ दलाङ स्थित जालपा देवी आधारभुत विद्यालयमा गएर त्यहाँका सम्पूर्ण विद्यार्थीहरुलाई सहयोग गरेको थियो। 




Post a Comment

0 Comments