Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नेपालको लगातार दोस्रो जित, साफ प्रतियोगिताको शिर्षस्थानमा

गल्छी खबर, असोज १९। साफ च्याम्पियनसिप अन्तर्गत श्रीलंकाबिरुद्धको खेलमा नेपालले रोमाञ्चक जित हासिल गरेको छ।



माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिप अन्तर्गत श्रीलंकाबिरुद्धको खेलमा नेपालले ३–२ गोल अन्तरको जित निकालेको हो ।



नेपालको जितमा सुमन लामा,अञ्जन विष्ट र आयुष घलानले एक एक गोल गर्दा श्रीलंकाका लागि मार्विन ह्याम्ल्टिन र डे सिल्भाले एक एक गोल फर्काए ।


खेलको ३१औं मिनटमा नवयुग श्रेष्ठले मिलाएको पासमा तीन जना डिफेन्सलाई चिर्दै सुमन लामाले गरेको गोलमा नेपालले अग्रता बनाएको थियो ।


यसअघि खेलको १०औं मिनटमा नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीलाई डगआउट क्षेत्रमा अनावश्यक विवाद गरेकोमा रेफ्रिले पहेलो कार्ड देखाएका थिए । 

Post a Comment

0 Comments