Breaking News

6/recent/ticker-posts

Header Ads Widget

झाँक्री २४ गते धादिङ आउने

गल्छी खबर, असोज १९। आगामी असोज २४ गते नेकपा एकिकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री धादिङ आउने भएकी छिन् ।



ईतबार, यूवा संघ धादिङको बृहत क्षेत्रिय युवा भेलालाई सम्बोधन गर्न सचिव झाँक्री धादिङ आउने भएकी हुन् । आगामी असोज २४ गते आईतबारका दिन नेकपा एकिकृत समाजवादी पार्टी निकट यूवा संघ धादिङले गजुरीमा बृहत क्षेत्रिय युवा भेलाको आयोजना गरेको छ ।


क्त भेलालाई सम्बोधन गर्न प्रमुख अतिथीको रुपमा झाँक्री धादिङ आउने यूवा संघ धादिङले जनाएको छ ।  बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवशरमा यूवा संघले आगामी आईतबार गजुरी ५ स्थित् गलौंदीमा शुभकामना आदानप्रदान तथा बृहत क्षेत्रिय युवा भेलाको आयोजना गरेको छ ।

Post a Comment

0 Comments