Breaking News

6/recent/ticker-posts

Header Ads Widget

९ गोल हानेर विजयी भयो शुभारम्भ युवा समाज गल्छी

गल्छी खबर, असोज २४। कन्चना देउराली युवा क्लव नुवाकोटले आयोजना गरेको चौथो अर्चले 7A SIDE नकआउट फुटबल प्रतियोगितामा शुभारम्भ युवा समाज गल्छीले ९ गोल हान्दै विजय यात्रा शुरु गरेको छ।


शुभारम्भ युवा समाज र आरुखर्क नुवाकोट, देउरालीबीच भएको प्रतियोगितामा ९-२ को अन्तरले विजयी भएको शुभारम्भ युवा समाज खेलको पहिलो हाफमा ३ गोलले अग्रता लिदै दोस्रो हाफमा २ गोल खाएर ६ गोल गर्न सफल भएको थियो । 



शुभारम्भ युवा समाजका सञ्जय माझीले ४ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए भने १५ मिनेटमा अमित तामाङले गोल गर्दै अग्रतालाई दोब्बर गरे । अग्रता कायम राख्दै पूनः अमितले नै २० औं मिनेटमा अर्को गोल थप्न सफल भए । खेल अबधिभर ७ गोल हानेका अमितलाई आरुखर्क नुवाकोट, देउरालीका कुनै पनि रक्षापक्तिले रोक्न सकेन ।



खेलको पहिलो हाफ ३ गोलले अग्रता लिएको शुभारम्भ युवा समाजले दोस्रो हाफमा पनि गोल हान्ने क्रम जारी राख्दै खेलको ३५ औं मिनेटमा अमित तामाङले गोल हान्दै ह्याटिक हानेका थिए । ३८ औं मिनेटमा तामाङले नै थप १ गोल गर्दै ५ गोलको अग्रता दिलाएका थिए भने आरुखर्क नुवाकोट, देउरालीका अर्जुन तामाङले ४० औं मिनेमा गोल गर्दै टिमलाई आशा जगाएका थिए भने आरुखर्ककै सौगात तामाङले ४३ औं मिनेटमा गोल गरेपछि उक्त प्रतियोगितामा थप रोमान्चक भएको थियो । 


पूनः शुभारम्भ युवा समाजका अमित तामाङले ४६ औं मिनेटमा व्यक्तिगत ५ गोल हान्दै खेललाई अग्रता दिए भने ५० औं मिनेटमा अर्को १ गोल थपेका थिए भने अमितकै बललाई ५५ औं मिनेटमा नविन तामाङले गोल गर्दै जितलाई सुनिश्चितता दिएका थिए तर समय सकिनै लाग्दा ५९ औं मिनेटमा फेरी अमितले नै व्यक्तिगत ७ गोल गर्दै खेल ९-२ मा समाप्त भयो । खेलमा सर्वादिक असिष्ट भने सङ्दिल श्रेष्ठको रहेको थियो । शुभारम्भ युवा समाजले ९ गोल हान्दा श्रेष्ठले ४ वटा असिष्ट गरेका थिए ।



चौथो अर्चले 7 A साइट फुटबल प्रतियोगिता को पहिलो दिन ६ खेल सम्पन्न भएको थियो। जसमा

दी मालिका- (2)  vs बेलकोटगढी ०६-(1)

चकमके युवा क्लब (2) vs घोरे ढुङा युवा क्लब (1)

लाउरे गाइज नलगाउ (3) vs अभिसुरा युवा क्लब (2)

न्यु भिजन युवा क्लब (4) vs गोगनपानी युनाइटेड (1) 

नमुना सिउरानी (2) vs समाज कल्याण (3) 

आरुखर्क (2) vs शुभारम्भ युवा समाज गल्छी (९)





कन्चना देउराली युवा क्लव नुवाकोटले यो प्रतियोगिता चौथौं पटक आयोजना गरेको हो जसमा आयोजकको रुपमा चौथो अर्चले नुवाकोट फुटबल प्रतियोगिता २०७८ समिति, लायन्स क्लब अफ काठमाडौं परोपकार र लियो क्लब अफ नुवाकोट परोपकार पनि रहेका छन्। प्रथम हुनेलाई खसी(नगद), मेडल प्रमाण पत्र पुरस्कार (रु ३०,०००/- बराबरको) र द्वितीय हुनेलाई रु १०,०००/-, मेडल प्रमाण पत्र रहेको छ। 





Post a Comment

0 Comments