Breaking News

6/recent/ticker-posts

Header Ads Widget

मन्जुलको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी)को गल्छी-काठमाडौं सम्पर्क मञ्च गठित

गल्छी खबर, असोज १६। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) गल्छी – काठमान्डाै सम्पर्क मन्चको भेलाले ३१ सदस्य कमिटी गठन गरेका छ।



नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उप-महासचिव प्रकाश ज्वालाको प्रमुख आतिथ्य र गल्छी गाउपालिका का अध्यक्ष कृष्णहरी श्रेष्ठको विशेष आतिथ्य रहेको भेलाबाट अध्यक्ष मन्जुल श्रेष्ठ र सचिब दिपक लामा निर्वाचित भई ३१ सदस्य कार्यसमिति गठन गरेका छ। 



कार्यक्रममा प्रमुख अतिथि ज्वालाले अबको भावी राजनीति कार्यदिसाको बारेमा उपस्थित कार्यकर्ताहरुलाई प्रशिक्षणमुलक सम्बोधन गर्नु भएको थियो भने नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) धादिङका सचिब सुवाष खतिवडा र जिल्ला कमिटी सदस्य रमेश खतिवडा लगाएतका वक्ताहरुले जिल्लाका समग्र राजनैतिक घटनाक्रम, वस्तुगत जानकारी र भावी कार्ययोजनाको बारेमा आफ्नो भनाई राख्नु भएको थियो।



नव निर्वाचित अध्यक्ष श्रेष्ठले कार्यक्रममा आफुले पाएको जिम्मेवारीलाई ईमान्दारिताका साथ बहनगर्दै संगठनलाई मजबुत बनाउन शशक्त ढंगले कार्यकर्ता परिचालन गर्ने र संगठन निर्माणको लागि कुनै कसर नछाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।

Post a Comment

0 Comments