साफ च्याम्पियनसिपका खेल नेपालका टेलिभिजनले प्रत्यक्ष प्रसारण नगर्ने भएका छन् । एन्फाले नेपाली समर्थकका लागि साफका खेल प्रत्यक्ष प्रसारण गर्न प्रयत्न गरे पनि सफल हुन नसकेको जनाएको छ।
एन्फाले गत असोज ८ गते प्रत्यक्ष प्रसारणका लागि प्रस्ताव पेश गर्नका लागि सार्वजनिक सूचना निकालेको थियो। एन्फाले प्रत्यक्ष प्रसारणको अधिकार किन्नका लागि न्यूनतम ४० लाख रुपैयाँ मूल्य तोकेको थियो ।प्राप्त भएका कुनै पनि प्रस्तावहरू तोकेको मापदण्डअनुसार नभएको एन्फाको भनाइ छ । नेपाली टेलिभिजनले प्रत्यक्ष प्रशारण नगरे पनि अन्य विकल्पबाट भने हेर्न पाइने भएको छ ।
नेपाल र माल्दिभ्सबीचको खेल HNC SPORTS एप डाउनलोड गरेर हेर्न सकिनेछ ।
साफका लागि नेपाली टाेली : किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज ज्यु ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल,नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा, रोहित चन्द, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ र सन्तोष तामाङ ।
0 Comments