गल्छी खबर, असोज १५ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ चरौंदी निवासी पूर्व शिक्षक श्रीराम थपलियाको स्वर्गिय छोरी रवि थपलियाको सम्झनामा श्री चन्द्रोदय मावि बिशालटारमा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
चन्द्रज्योती बालक्लबको सकृयता र चन्द्रोदय मावि बिशालटारको आयोजनामा रवि स्मृति प्रतिष्ठानको आर्थिक प्रायोजनमा उक्त आधारभूत तह स्तरीय हाजिरी जवाफ प्रतियोगिता भएको चन्द्रोदय मावि बिशालटारका प्रधानाध्यापक एवम् रवि स्मृति प्रतिष्ठानका सचिव श्री रामेश्वर पोखरेलले जानकारी दिनुभयो ।
बेनिघाट रोराङ गापा वडा नम्बर ५ स्तरीय आधारभूत तह (कक्षा१-३) हाजिरी जवाफ प्रतियोगितामा ६ वटा विद्यालयहरुको सहभागी रहेको थियो । जसमा श्री जनचेतना आधारभूत विद्यालय ग्याजा, श्री वसन्त आधारभूत विद्यालय सुयलभन्जाङ, श्री चन्द्रोदय मा.वि बेनिघाट, श्री चन्द्रोदय मा.वि बिशालटार, श्री जनगाउ आधारभूत तह जनगाउ र श्री बेनि शिक्षा सदन बेनिघाटबाट ३-३ जना विद्यार्थीको सहभागी भएको पोखरेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा ६८ अंक सहित श्री चन्द्रोदय मावि बिशालटारका बिद्यार्थीहरु देवांश घलान, प्रबिष्टि पौडेल र श्रीयोग सिल्वाल प्रथम, ४४ अंक सहित श्री बेनि शिक्षा सदन बेनिघाटका बिद्यार्थीहरु प्रवत कडेल, जेनिफर र आशिया मिंया द्धितिय, ३३ अंक सहित चन्द्रोदय मावि बेनिघाटका बिद्यार्थीहरु समंय पौडेल, कुनाल श्रेष्ठ, अप्सरा खातुन तृतीय र २८ अंक सहित श्री बसन्त आ.वि. सुयलभज्याङका बिद्यार्थीहरु अनमोल घले , कस्विरा घले र रश्मि बिक पुरस्कृत भएका थिए ।
उक्त प्रतियोगितामा प्रथम , द्दितिय, तृतीय र सान्त्वना स्थान हासिल गर्नुहुने बिद्यार्थीहरलाई प्रमाणपत्र र शैक्षिक सामग्रीले पुरस्कृत गर्नुका साथै सहभागी सबै बिद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरिएको र सहभागी बिद्यालयहरुलाई पनि आफ्नो बिद्यार्थीहरुलाई सकृय सहभागी गराई कार्यक्रम भव्य रुपमा सु( सम्पन्न गर्न अतुलनीय सहयोग गर्नुभएका हरेक बिद्यालयलाई प्रशंसा पत्र पनि प्रदान गरिएको श्री चन्द्रोदय मावि बिशालटारका अङ्ग्रेजी माध्यमका ईन्चार्ज श्री देबराज घलानले बताउनुभयो।
0 Comments