Breaking News

6/recent/ticker-posts

Header Ads Widget

शुभारम्भ गल्छी ले हाल्यो एन्फा मा 'म्याच फ़िक्सिङ्ग ' बिरुद्द उजुरी

काठमाडौं । एन्फा कम्पलेक्सस सातदोबाटोमा जारी शहिद स्मारक 'सी' डिभिजन लिग छनौट खेलमा 'म्याच फिक्सिङ्ग' भएको भन्दै धदिङ्ग गल्छीको शुभारम्भ युवा समाज ले अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष छानबिनको लागि भाद्र २१ गते निवेदन दिएको छ l सी डिभिजनको छनौट चरणको समूह 'एफ' मा रहेको लगनशील क्लब छनौटको सम्भावनाबाट बाहिरिसकेको अवस्थामा शुभारम्भ क्लबलाई अर्काे चरणमा पुग्ने अवसरबाट बञ्चित गर्न आईतबार इमाडोललाई जित दिलाउने गरी लगनशीलले मिलेमतो गरेको क्लबले आरोप लगाएको छ । छनौट अन्तर्गत भदौ १६ गते भएको आफ्नो पहिलो खेलमा लगनशील क्लबलाई १-० गोलले पराजित गरेको शुभारम्भले दोस्रो खेलमा इमाडोलसँग १-१ गोलको बराबरी खेलेर ४ अंक जोड्दै समूहको शिर्ष स्थानमा पुगेको थियो । छनौट प्रतियोगिताको एउटै समुहमा परेका धादिङ्गका दुई टिम लगनशील युवा समाज ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छी पहिलो चरणबाट बाहिरीएपछि आईतबार ललितपुरको इमाडोल युवा क्लव गोल अन्तरको आधारमा समुह विजेता बन्दै दोश्रो चरणमा प्रवेश गरेको थियो । अर्को चरणमा प्रवेश गर्नका लागि आईतबार भएको इमाडोल र लगनशीलबिचको खेलको नतिजा कुरेर बसेको शुभारम्भ सोहि खेल लगनशीलले मिलेमतोमा खेलेपछि शुभारम्भ स्वतः छनौटको पहिलो चरणबाटै बाहिरीन बाध्य बनेको क्लबका अध्यक्ष सुदन खतिवडा ले गल्छीखबर लाई बताए । ललितपुरको इमाडोल र ज्वालामुखी लगनशील क्लबबिचको खेलमा इमाडोल ३-१ ले विजयी भयो । 'खेलको क्लिप्स ' हरु गहिरो ढङ्गले अध्ययन गरिरहेको कोच जितेन्द्र श्रेष्ठले बताए । ‘म्याच फिक्सिङ्ग भएको बुझिएपछि हामीले अखिल नेपाल फुटबल संघ (एन्फा) मा निष्पक्ष छानविनका लागि पत्र बुझाएका छौं।’ क्लब का अध्यक्ष सुदन ले बताए I क्लब ले सोहि दिन प्रेस बिज्ञेप्ती जारी गरेर यस्तो क्रियाकलाप निन्दनीय रहेको वताएको छ I एन्फाको आयोजनामा जारी सी डिभिजन लिगको छनौट चरणमा नेपालका ७८ वटा क्लबहरुको सहभागिता रहेको छ । शिर्ष तिनमा रहने क्लबहरु मात्र शहिद स्मारक सी डिभिजन लिगका लागि बढुवा हुनेछन् ।

Post a Comment

0 Comments