गल्छी खबर, असोज १०। गल्छीगाँउपालिका वडा नं १ दलाङ स्थित जालपा देवी आधारभुत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाई गल्छीका युवाहरुले अध्ययन सामग्री लगायत खेलकुद सामग्री सहयोग गरेका छन्।
विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले विद्यालय आउदा अध्ययनलाई आवश्यकता पर्ने कुनै पनि सामग्री विना नै विद्यालय आउने गरेको थाहा भएपछि युवाहरु मिलेर आज विद्यालय नै गएर हरेक विद्यार्थीलाई विविध सामाग्री वितरण गरेका छन्।
बाग्मती प्रदेश धादिङ जिल्ला गल्छी गाउँपालिका वडा नं १ दलाङ्ग स्थित जालपा आधारभुत विद्यालयमा अध्ययनरत अधिकाम्श विद्यार्थीहरु दलित तथा निम्न वर्गको विद्यार्थी अध्ययन गरिरहेका भन्ने खबर केही दिन अगाडि हामीलाई आएको थियो र हामीले त्यहि समयमा प्रतिबद्धता पनि जाहेर गरेका थियौ जे जति सकिन्छ सहयोग गर्छौ भनेर त्यहि प्रतिबद्धता अनुसार आज हामीले साना भाइ बहिनीहरुलाई हाम्रो तर्फ बाट केही शैक्षिक तथा खेलकुद सामाग्री स्कुलको शिक्षक शिक्षिका ज्युहरुका साथमा हस्तान्तरण गर्यौं र आगामी दिनमा गल्छी गाउँपालिकाको दुर दराजमा अध्यनरत विद्यार्थी भाइ बहिनीहरुलाई हामी जे जति सक्छौ त्यहि अनुसार को सहयोग उपलब्ध गराउने सक्दो प्रयास गर्दछौ भनेर राज कुमार थापाले गल्छी खबरलाई जानकारी दिनुभयो।
शिशु कक्षाका विद्यार्थीहरुलाई अल इन वान कापी, इरेजर, सापनर, पेन्सिल जस्ता स्टेशनरी सामाग्री वितरण गरेका थिए भने एक कक्षा देखि माथिका सम्पूर्ण विद्यार्थीहरुलाई नेपाली, अङ्ग्रेजी कापी र कलम वितरण गरेका थिए। विद्यालयलाई पनि भलिबल र फमबल सहयोग गरिएको थियो।
थापा भन्छन् आर्थिक अवस्था कै कारण अध्ययनमा समस्या परेका विद्यार्थीहरुलाई यसै गरि अबका दिनमा पनि सहयोग गर्दै जानेछौ र यस अभियानलाई तिव्रता दिनेछौं । यस अभियानले यस अघि लकडाउनको बेलामा आपतमा परेका करिब ७० परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको थियो।
0 Comments