गल्छी खबर, आश्विन ९ । नेपाली काङ्ग्रेसको जारी अधिवेशनमा धादिङ जिल्ला, गल्छी गाउँपालिकाको सभापतिमा दिपक कार्की सर्वसम्मत चयन भएका छन्। धादिङ जिल्लामा भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु हुदै आज गाउँपालिका तथा नगरपालिका अधिवेशन भएको हो ।
गल्छीको सभापतिमा पहिले देखि भाइकाजी तिवारी र दिपक कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। तिवारी र कार्की बीच हिजो सम्म सहमतिका प्रयास भएका थियो जुन सफल हुन सकेको थिएन तर आज लामो प्रयास पछि कार्कीलाई सभापति दिने सहमति भएको हो। यसमा भाइकाजी तिवारीले पनि समर्थन गरेका छन् ।
0 Comments