Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नबिल बैङ्कको वित्तीय साक्षरता तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न कृषक, महिला र युवावर्ग लक्षित

गल्छी खबर, आश्विन ७। नबिल बैङ्कले गल्छी गाउँपालिका भित्र रहेका कृषक महिला तथा युवाहरुलाई लक्षित गरी आज Trisuli Beach Resort गल्छीमा वित्तीय साक्षरता तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।



विशेषत नेपालको ग्रामीण तथा दुर्गम भेगमा वित्तीय पहुँचलाई विस्तार गरी कृषक, महिला तथा युवाहरुमा उद्यमशीलता विकास गर्न नबिल किसान कर्जा तथा नबिल उद्यमशील कर्जा मार्फत २०७८ वैशाख देखि नबिल बैङ्कले दियो बैंकिङ्ग सेवा सञ्चालन गरेको जानकारी दियो बैङ्क प्रमुख लिला प्रसाद ओझाले दिनुभयो। नबिल बैङ्कले यो सेवा गल्छीबाट पनि उपलब्ध गराईउनेछ। कृषक तथा कषि व्यवसायीलाई लक्षित गरी कृषि उद्यमशीलताको विकास र प्रवर्द्धनका निम्ति व्यवसाय सम्बन्धि अनुभव वा तालिम लिएकाहरुलाई ५ वर्षसम्म रु २५ लाखसम्म अल्पकालीन वा दिर्घकालिन कर्जा  नबिल किसान कर्जा मार्फत दिन सकिने बताईएको छ त्यसैगरी लघु साना तथा मझौला उद्योग व्यवसायीहरुलाई लक्षित गरी उद्यमशीलता/स्टार्टअपको विकास र प्रवर्द्धनका निम्ति व्यवसाय सम्बन्धि अनुभव वा तालिम लिएकाहरुलाई १-८ वर्षसम्म रु १ लाख देखि १ करोडसम्म दिर्घकालिन कर्जा नबिल उद्यमशील कर्जा मार्फत दिन सकिने बताईएको छ। 


नबिल बैङ्क लि. गल्छी शाखाले उद्यमशीलता विकास र कृषि आधुनिकरणको लागि सहकार्य गर्ने हेतुले गल्छी गाउँपालिकासगं समझदारी पत्रमा हस्ताक्षर गरेको छ। 




Post a Comment

0 Comments