असोज ३, गल्छी खबर। धादिङ जिल्लाबाट अध्ययन गर्नुभई MBBS मा नाम निकाल्नुहुने सम्पूर्ण विद्यार्थी भाई बहिनीहरुलाई सम्मान स्वरुप नेकपा एकीकृत समाजवादीका जनवर्गीय विद्यार्थी सगंठन अनेरास्ववियूले सम्मान पत्र वितरण गरेको छ।
अनेरास्ववियू जिल्ला कमिटी धादिङकाे प्रथम विस्तारित वैठकमा पूर्व शिक्षा मन्त्री एवं नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. गगांलाल तुलाधरले विद्यार्थी भाई बहिनीहरुलाई हौसला एवं शुभकामना प्रकट गर्दै सम्मान पत्र वितरण गर्नुभएको थियो।
सम्मान लिने विद्यार्थीहरु
१. प्रकृति अधिकारी
२. समिर अधिकारी
३. रश्मि अधिकारी
४. सविना तामाङ
५. विनिता परियार
६. श्रृजना धरेल
७. धिरण गुरुङ
0 Comments