गल्छी खबर भाद्र ३१। गल्छीगाँउपालिका वडा नं छ को बैरेनी महेश दोभानमा बेल्खुबाट सिम्ले जादै गरेको बा ५ ख ४८९५ नम्बरको मिनिट्रकले ठक्कर दिँदा धरान घर बताउने हाल धेरै बर्ष अगाडि देखि बैरेनी महेश दोभानमा बसी काम गरिरहेका अन्दाजी ५२ वर्षको प्रेम राईको गल्छीमा रहेको अम्बी भरोसा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। ठक्कर दिने गाडी र चालक बैरेनी प्रहरी चौकीमा नियन्त्रण रहेको जानकारी दिएको छ।
0 Comments