Breaking News

6/recent/ticker-posts

Header Ads Widget

मुस्कुराउन नछोडौं, मुस्कान बाडौं - विवेक बस्नेत

✍️विवेक बस्नेत


म  एउटा बालक बिहानै बाट स-साना

कुरामा हास्दछु, खित्का छाडेर । मलाई

रुखवाट झरेका पात या बलेसीबाट

तप्केका पानीका थोपा सबैले हसाँउदछ।


सुस्तरि हुर्कदै जाँदा मेरो जीवनबाट

बालापन अनि त्यो बालकको छवी

हराँउदछ, म अब हास्नका लागि कारण

खोज्दछु।

अब म हाँसोको अर्थशास्त्रको तनावपूर्ण

बिधार्थी हुँदै जादैछु, विधालय अनि

कलेजका कार्य, कामको तनाव,

समबन्धको गहिराई अनि जीवनका

साध्यहरु ले मेरो हाँसो शोषेर लाने

गर्दछ । हाम्रो वयस्क जीवनको कार्यगत

अनि बिधार्थी पलको अधिकाशं हिस्सा

काम अनि भागादौड मै बित्दछ । चाहे

बालक होस या बुढा अनि वयस्क नै किननहोस्‌,जीवन सबैका लागि समान नहुनपनि सक्दछ ।


तनाव, सीमा, तुलना,

संयम अनि हिनतावोधी धेरै कुराहरु बीच

जीवनले आशाको त्यान्द्रो जोडेको हुन्छ,

हामीले सबै कुरालाई सन्तुलनमा राखेर

अगाडी बढ्न जरुरी छ । जीवन केवल

उपभोक्ताशीप र उपलव्धीको धरोहर

मात्र हैन्‌, शुन्यता बीच रहेको निरपेक्ष

हरेक श्वाँसहरुको माला गाँसेर बनाइएको

जीवनको महत्व पनि बुझ्न जरुरी छ ।

सूर्य उदाँउदा हाँस्न भुलेको मानिस

लाई आजभोली हाँस्नका लागि बैंकमा

ब्यालेन्स या राम्रा फोन या अन्य भौतिकअवयवहरु चाहिन्छ, जीवनको खुशी र

सन्तुष्टि भौतिक प्राप्ती र प्रतिस्पर्धामा

मात्र देख्ने पुस्ताले हाँस्न अनि हसाउन

नजानेको त पक्का हो । अर्कालाई

पछारेर आफु अगाडि बढ्नु लाई जीत

को परिभाषा बनाएका मान्छेको झुण्डले

एउटा अस्वस्थ प्रतिस्पर्धा बीच अन्योल

को परिधी बनाएका छन्‌ अनि तनाव पूर्ण

जीवनको श्रीगणेश पनि त्यहीबाट हुन्छ ।


यस्ता प्रतिनिधी पात्र बालक जस्ता अरबौं

मानिसहरु एक खित्का पनि नहाँसी अनि

तनाव वीच नै आफ्ना दिन अनि बर्षहरु

गुजारी रहेका छन्‌ । आत्महत्या, हत्या,

नशा सेवन, दुर्घटना अनि कैयन असरहरु

त हाम्रा टोलछिमेक मै दैनिक सुनिन्छ ।


जीवन अनमोल छ र यहाँ महत्वपूर्ण

कुराहरु जस्तैः धन सम्पत्ति र सुन

चाँदीमा मात्र तुलना गर्नु मुर्खता हो,

कमाउने र जोगाउने दौडमा कतै हामीले

बाँच्न त विर्सिरहेका छैनौ ? खुशी हुनु

र सकारात्मक सोच राख्नु एकदमै ठूलो

कुरा हो, मुस्कुराउन र मुस्कान बाँड्न

नभुलौँ ।

✍️विवेक बस्नेत भ्याली कलेज अफ इञ्जिनियरिङ्ग कलेजको स्ववियु सभापति हुन् 

Post a Comment

0 Comments