गल्छी खबर श्रावण २५। असार १गते देखि डुबानमा रहेको सिन्धुपाल्चोक जिल्ला अझ झनै धेरै जोखिममा रहेको छ। भ्रेमाथाङमा ठूलै मात्रामा ग्रेगान थुप्रिएर रहेको कारण यदि फुटेर आए त्यसबाट हुन आउने असरको परिणाम अकल्पनिय रहन्छ।
शुक्रबार विहानदेखि भ्रेमाथाङमा बसेर ड्रोनको प्राविधिक टोलीले ड्रोनमार्फत र भूगर्भविद्को टोलीले स्थानीय गाइडको सहायताले एकैसाथ सर्वे सुरु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले बताउनुभयो ।
नापी विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटाले भ्रेमाथाङ्गमा ठूलो परिणाममा करीब १५ मिटर गेग्रान थुप्रिएर रहेको र त्यसलाई ढुङ्गा जस्तो देखिने बाँधले रोकेर राखेको र यदि त्यो फुटेर आएमा तटीय क्षेत्रमा कल्पना गर्न नसकिने क्षति हुने भ्रेमाथाङ्गबाट फोनमा बताउनुभएको छ ।
0 Comments