Breaking News

6/recent/ticker-posts

Header Ads Widget

बैरेनी युवा समूहले तयार पार्यो सि डिभिजन छनोट खेल खेल्ने खेलाडीहरु

गल्छी खबर श्रावण २२। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताको लागि छनोट प्रतियोगिता भाद्र १ गते देखि गर्ने जनाए सँगै धादिङबाट उक्त प्रतियोगितामा सहभागि हुने खेलाडीको छनोट आज भएको छ ।



देशभरका नयाँ सबै क्लवहरु भाग लिन पाउने सी डिभिजन लिग फुटबल छनोट प्रतियोगिताका लागि धादिङबाट एउटा मात्रै क्लव बैरेनी युवा समूह गल्छीले सहभागिता जनाउने तयारी गरेपछि खेलाडी छनोटको लागि करिब १०० खेलाडीहरु उपस्थित भई प्रदर्शन गरेतापनि २३ जना खेलाडी चाहिने हुँदा तीन चरणमा खेल प्रदर्शनको आधारमा छनोट गरेको जानकारी प्रशिक्षक जितेन्द्रले गल्छी खबरलाई बताए।



टिम म्यानेजर सन्दिप घिमिरेका अनुसार पहिलो चरण र दोस्रो चरणको छनोटबाट ३३ जना खेलाडी छनोट भएका थिए त्यसमध्ये केउरेनी खेल मैदानबाट २२ जना खेलाडी छनोट गरिएको जानकारी दिनुभयो। 

बैरेनी युवा समूहका अध्यक्ष संजय श्रेष्ठले खेलाडी छनोटका लागि खेल प्रशिक्षकहरु जितेन्द्र जितेन्द्र, सन्दिप घिमिरे र सुमन महर्जनलाई जिम्मा दिईएको र आज फाईनल छनोट भएता पनि हिजो देखि नै ३३ जना खेलाडीहरुलाई क्लोज क्याम्पमा राखिएको बताए  ।

प्रशिक्षक सुमन महर्जनले बताए अनुसार श्रावण २४ गते भित्र एन्फाले तोके बमोजिकको सर्त पुरा गरि छनौट प्रतियोगितामा सहभागि हुन सी डिभिजन नपुगेको इच्छुक क्लवले टिम दर्ता गराउनु पर्ने प्रावधान अनुरुप अहिले सम्म धादिङबाट गल्छीको बैरेनी युवा समूह जितको लक्ष्य सहित अघि बढेको छ।  

संकटको बीचमा गल्छीको बैरेनी युवा समूह जुन उत्साह पूर्वक सी डिभिजन लिग फुटबल प्रतियोगिताको लागि छनौट प्रतियोगिताका लागि जाँदैछ त्यसका लागि धादिङका सबै स्थानीय तहहरुले आर्थिक रुपमा सहयोग गर्दै खेलाडीहरुको मनोबल उच्च राख्ने तर्फ सोच्न ढिला गर्नु हुँदैन ।


बैरेनी युवा समूह धादिङले आज छनोट गरेको २२ जना खेलाडीहरु 


BACK LINE

1.Songdil Shrestha

2.Anzit Sunar

3.Sailendra Tamang

4.Amit Tamang

5.Bishal B. K

6.Nabin Tamang


MID LINE

1.Laning Tamang

2.Dilip Gurung

3.Paresh Gautam

4.Ram Krishna Magar

5.Nishal Bhandari

6.Anil Bhandari

7.Aashish Magar


FRONT LINE

1.Arjun Gurung

2.Birendra Tamang

3.Roshan Magar

4.Krishna Uporkoti

5.Janip Pariyar

6.Sarju Gurung

7.Ramesh Tamang


GOALKEEPER

1.Bijay Lama

2.Bissu Shrestha

Post a Comment

1 Comments

  1. Congratulations to all selected players and best wishes to all

    ReplyDelete