Breaking News

6/recent/ticker-posts

Header Ads Widget

शिक्षा क्षेत्र डामाडोल भएको भन्दै धादिङमा अनेरास्ववियुले बुझायो ध्यानाकर्षण पत्र

गल्छी खबर भाद्र १। शिक्षाक्षेत्र डामाडोल भएको भन्दै धादिङमा अनेरास्ववियुले वैकल्पिक विधिबाट कक्षा संचालनको माग गर्दै जिल्लाका सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।



जिल्ला प्रशासन, शिक्षा विकास तथा समन्वय इकाईसहित जिल्लाका केही स्थानीय तहकासरकारलाई माधव नेपाल पक्षका अनेरास्ववियुले  ध्यानाकर्षणपत्र बुझाएको छ भने आज बाँकी रहेको स्थानीय तहमा भोली सम्ममा सो पत्र बुझाउने जानकारी अनेरास्ववियु केन्द्रीय सदस्य एवं गल्छी गाउँपालिका इन्चार्ज अश्विन भण्डारीले गल्छी खबरलाई बताउनुभयो। 



सुरक्षित उपायहरुको अवलम्बन गरेर वा अन्य प्रविधि मार्फत विद्यालय पुनः सञ्चालन गर्न सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराइएको अनेरास्ववियु धादिङका अध्यक्ष मिश्र शाक्यले बताए । ‘सुरक्षित उपायहरुको अवलम्बन गरेर भौतिक रुपमा वा अन्य प्रविधि मार्फत विद्यालय पुनः सञ्चालन गर्न सकेनौ भने यसबाट शिक्षा क्षेत्रमा अपुरणीय क्षति हुने सम्भावना उच्च रहन्छ’ उनले भने ।



‘स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर विद्यालय सञ्चालन गर्ने अथवा सम्पूर्ण विद्यार्थी सम्म वैकल्पीक विधि बाट नियमित शिक्षा आर्जन गर्न सक्ने व्यवस्था मिलाउने निर्णय लिनु उत्तम हुने देखिन्छ । विद्यालय पुनः सञ्चालन कहिले र कसरी गर्ने भन्ने विषय आजको प्राथमिकतामा राखिनुपर्दछ’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।




उच्च जोखिम क्षेत्रको पहिचान गरि त्यस क्षेत्रमा दुर शिक्षाको प्रभावकारितालाई बढाएर न्युन जोखिम क्षेत्रको पहिचान गरि त्यस क्षेत्रमा स्वास्थ्य मापदण्डको पालना कडाइका साथ गरि विद्यालय सञ्चालन गर्नुपर्ने ध्यानाकर्षण पत्रमा लेखिएको छ ।



उत्तरी र दक्षिणी भेगका दुर्गम भूभागमा अनलाइन कक्षाको प्रभावकारिता नरहेकोले २ समुहमा विभाजन गरेर भएपनि कक्षा संचालनको व्यवस्था मिलाउन अनेरास्ववियुले माग गरेको छ ।




केही स्थानीय तहहरुले सुरक्षाको मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्ने योजना बनाएको तर आफूहरुले सञ्चालन गर्न नसकेको बताएका छन्।





Post a Comment

0 Comments