गल्छी खबर श्रावण १५ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक सी डिभिजन लिग फुटबल प्रतियोगिताको लागि छनौट प्रतियोगिता भाद्र १ गते देखि गर्ने भएको छ । दर्ता भएका नयाँ सबै क्लवहरुले उक्त प्रतियोगितामा भाग लिन जान पाउने भए पनि धादिङबाट अहिले सम्म बैरेनी युवा समूह बाहेकका क्लवहरुले निर्णय गर्न सकेका छैनन ।
साउन २४ गते भित्र एन्फाले तोके बमोजिकको सर्त पुरा गरि छनौट प्रतियोगितामा सहभागि हुन सी डिभिजन नपुगेको इच्छुक क्लवले टिम दर्ता गराउनु पर्ने प्रवाधान अनुरुप अहिले सम्म गल्छीको बैरेनी युवा समूहले आफ्नो टिममा रहने खेलाडी शनिबार गलौंदी स्थित खेल मैदानमा छनौट गर्न लागेको छ ।
यस छनौट प्रतियोगितामा सहभागिहरु बीच भएको प्रतियोगिताबाट छानिएका ३ टिम मात्रै सहिद स्मारक सि डिभिजन लिगमा पुग्ने एन्फा धादिङका महासचिव रामहरि थापाले बताउनु भयो ।
धादिङको खेलकुद विकासमा स्थानीय सरकारहरुले जति सुकै खेल प्रेमी कुरा गरेपनि दवाव रहित रुपमा खेलकुदमा बजेट व्यवस्थापन गरेको देखिँदैन यो दुखद पक्ष हो । यस छनौट प्रतियोगितामा आर्थिक व्यवस्थापनमा क्लवहरु कमजोर देखिए स्थानीय सरकारले सहयोग गरेर भएपनि खेलाडीहरुलाई आफ्नो खेल क्षमता देखाउने अवसरबाट बन्चित गर्न नहुने खेल प्रेमीहरु बताउँछन् ।
0 Comments