Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छीमा सुरु भयो सामुदायिक मेलमिलाप आधारभूत तालिम

 गल्छी खबर २४। गल्छी गाउँपालिकामा आठ दिवसीय सामुदायिक मेलमिलाप आधारभूत तालिमको उद्घाटन भएको छ।



गल्छी गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक राधा तिमल्सिनाको अध्यक्षतामा उद्घाटन भएको सो तालिममा हरेक वडाबाट ३ जना अभिकर्ता सहभागी भएका छन्।



तालिमको उद्देश्य बारेमा गल्छी गाउँपालिका प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले प्रकाश पार्दै आगामी दिनहरुमा कुनै पनि किसिमका न्यायिक समस्या नआओस भनेर गल्छी गाउँपालिका न्यायिक समितिद्वारा आयोजना गरिएको उक्त तालिममा जनहित संरक्षण मञ्च प्रो. पव्लिकले प्राविधिक सहयोग गरेको छ भने आठ दिनसम्म मुख्य प्रशिक्षकको रुपमा कविता पाँडे र बाबुराम पौडेलले प्रशिक्षण दिनु हुने छ।

Post a Comment

0 Comments