गल्छी खबर आषाढ २३। निषेधाज्ञा खुकुलो भए संगै कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गईरहेको छ। आज गल्छीगाँउपालिकाको बैरेनी अस्पतालमा गरिएको २८ जनाको एनटीजेन परिक्षणमा एघारजनाको पोजेटिभ देखिएको छ। बजार खुल्ला भए संगै साधारण स्वास्थ्य मापदण्ड नअपनाउँदा संक्रमित बढेको हो।
आज जिल्लाभरमा पचपन्न जनाको पोजेटिभ आएको छ भने साठी जनाको डिस्चार्ज भएको छ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै गल्छीगाँउपालिका वडा नं ७ गल्छी बजारमा व्यापार व्यवसाय सञ्चालन एक जनाको कोरोन नेगेटिभ आएपछि र अर्को एक नुवाकोट घर भई गल्छी बजारमा व्यापार व्यवसाय गर्ने को नुवाकोटमा कोरोनाको कारण मृत्यु भएको थियो।
यस बिषयमा नत: स्थानीय निकाय नत: स्थानीय प्रशासनलेनै ध्यान दिएको देखिदैन सम्बन्धित निकाएको बेलैमा ध्यान जानु आवश्यक देखिन्छ।
0 Comments