गल्छी खबर साउन १५। नेपाली कांग्रेस गल्छी गाउँपालिकाद्वारा गल्छी गाउँपालिकाको कार्यालय तालाबन्दी गरेको छ।
गल्छी गाउँपालिका वडा नं ८ गोगनपानीमा गोगनपानी मा. बि को बालकक्षा सन्चालनको लागि शिक्षक नियुक्तिको बिषयमा स्कुलका प्रधानाध्यापक रामहरि थापाले शिक्षक नियुक्तिको लागि परिक्षा हुनु अगावै धेरै रकम दिनेलाई परिक्षामा आउने प्रश्न आउट गरिदिने प्रलोभनमा परि टेलिफोनमा भईरहेको अडियो वार्ता एक अनलाईनबाट सार्वजनिक भएको थियो। यसै विषयलाई लिएर नेपाली कांग्रेस गल्छी गाउँपालिकाले गत चैत २९ गते गाउँ पालिकामा निबेदन पेश गरेकोले कुनै सुनुवाई नभएकोले साउन १३ गते गाउँपालिकाको शिक्षा शाखामा गरिएको तालाबन्दी हिजो प्रसासनको सहयोगमा विना सहमति ताल्चा फुटाएपछि आज एक बिरोधको कार्यक्रम आयोजना गरि गल्छी गाउँपालिकाको स्वास्थ्य शाखा वाहेकका सम्पुर्ण कार्यालयमा अनिच्छितकाल तालाबन्दी गरिएको नेपाली कांग्रेस गल्छी गाउँपालिकाको सचिव दिपक कुमार कार्कीले जानकारी दिनुभएको छ।
0 Comments