Breaking News

6/recent/ticker-posts

Header Ads Widget

गल्छी गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी




गल्छी खबर साउन १३। नेपाली कांग्रेस गल्छी गाउँपालिकाद्वारा गल्छी गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गरेको छ। 

गल्छी गाउँपालिका वडा नं ८ गोगनपानीमा गोगनपानी मा. बि को बालकक्षा सन्चालनको लागि शिक्षक नियुक्तिको बिषयमा स्कुलका प्रधानाध्यापक रामहरि थापाले शिक्षक नियुक्तिको लागि परिक्षा हुनु अगावै धेरै रकम दिनेलाई परिक्षामा आउने  प्रश्न आउट गरिदिने  प्रलोभनमा परि टेलिफोनमा भईरहेको  अडियो वार्ता एक अनलाईनबाट सार्वजनिक भएको थियो। यसै विषयलाई लिएर नेपाली कांग्रेस गल्छी गाउँपालिकाले गत चैत २९ गते गाउँ पालिकामा निबेदन पेश गरेकोमा हाल सम्म कुनै सुनुवाई नभएकोले आज गाउँपालिकाको शिक्षा शाखामा तालाबन्दी गर्न बाध्य भएकाे नेपाली कांग्रेस गल्छी गाउँपालिकाको सभापति गोपि प्रसाद रिमालले जानकारी दिनुभएको छ। 

Post a Comment

0 Comments