गल्छी खबर १२। निर्मला पन्तको बलात्कार भइ हत्या भएको ३ बर्ष पुग्दाको दिन मिशन टु सपोर्टको आयोजना र wrr को सह आयोजनामा देशैभर justice for all victim कार्यक्रम सम्पन्न भएको छ ।
जस्मा निर्मला मात्रै नभइ कैयौ चेलिको बलात्कार पछि हत्या गरिएको तर अहिले सम्म पनि दोषीलाई कारवाही गर्न नसकिएको भन्दै मिशन टु सपोर्टका युवाहरुले कार्यक्रमलाई आयोजना गरेका थिए।
दोषिलाइ कारबाही गरि कडा भन्दा कडा कारवाही गर्नुपर्ने उहाहरुको माग छ साथै अझै पनि हत्यारालाई कारवाही गर्न नसकेको खण्डमा फेरि पनि देशब्यापी बिरोध कार्यक्रम समेत गर्ने मिशन टु सपोर्टका अतित बेलबासेले गल्छी खबरलाई बताउनुभएको छ।
0 Comments