गल्छी खबर साउन ८ धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ स्थित सुनौलाबजार स्वास्थ्य चौकीमा जोनसन एण्ड जोनसन खोप लगाएका एकजना व्यक्तिको ज्यान गएको छ । खोपका कारण मृत्यु भएको हल्ला सगै खोप लगाएका र खोप लगाउन लाइन बसेकाहरु डराएका भने कोही खोप नै नलगाई फर्केका थिए।
अमेरिकन कम्पनी जोनसन एण्ड जोनसनद्धारा उत्पादित एक मात्रा मात्रै लगाए पुग्ने जानसेन खोप लगाएका ७८ वर्षीय नर बहादुर श्रेष्ठको खोप लगाएको झण्डै आधा घण्टापछि ज्यान गएको हो ।
प्राकृतिक कारण वा कोरोना खोपको असर कुन हो पोष्ट मार्टम गरेर मात्र पत्ता लाग्ने धादिङ अस्पतालले जनाएको छ।
उनको शव पोस्ट मार्टमका लागि धादिङ अस्पतालमा ल्याइएको छ । खोप केन्द्रमा उनी हिँडेरै पुगेका थिए । खोप लगाएर उनी आधा घण्टासम्म खोप केन्द्रमै बसेको र घर पुगेपछि १० मिनेटमा उनलाई चक्कर लागेको आफन्तले बताए ।
0 Comments