२१,गल्छीखबर। गल्छी गा. पा. वडा नं ६को बैरेनी अस्पताल नजिकै रहेको विद्युतको पोल ढलेको ४ दिन भइसक्दा पनि मर्मत कार्य समयमै हुन नसक्दा गल्छीका स्थानीय बासी अन्धकारमा बस्न बाध्य भएका छन्।
४ दिन अघि ढलेको उक्त पोल मर्मतमा नआए पछि गल्छी गा.पा. वडा नं ६ को जिन्टेटार र वडा नं १ को ११ गाउँ पूर्णरुपमा अन्धकार छ। बत्ती अबरुद्ध भएपछि वडा नं १ को वडा कार्यालयले समेत जनतालाई सेवा दिन सकिरहेको छैन भने मोटर लगाएर पानी खानुपर्ने ४ गाउँमा बत्तीकै कारण खानेपानीको हाहाकार मच्चिएको छ त्यसैगरी अन्य वडामा पनि दिनभर बत्ती नआउने आए पनि समय - समयमा जाने आउने भईरहेको छ। यी सब भईरहदा सम्बन्धित निकाय विद्युत प्राधिकरणले किन मर्मत गर्न सकेन र मर्मत नगर्नुको कारण के हो भनेर स्थानीय सरकारले तादरुकता दिन नसक्नाले नै यो मर्मतमा ढिलासुस्ती भएको हो।
0 Comments