गल्छी खबर आषाढ १। बाग्मती प्रदेशले लामो समयदेखि कर नतिरेका सवारी धनीलाई करको दायरामा ल्याउन खोजेको छ ।
२०६५ सालदेखि कर नबुझाएका सवारी धनीले २०७८ फागुन मसान्तसम्म कर बुझाएमा कानून बमोजिम लाग्ने करमा छुट दिने प्रदेशले आर्थिक वर्ष २०७८÷७९ बजेट मार्फत् घोषणा गरेको छ ।
प्रदेश बजेटको १७६ बुँदामा ‘बागमती प्रदेश भित्रका यातायात व्यवस्था कार्यालयमा दर्ता भएका सवारीसाधनको आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०७४÷०७५ सम्म तोकिए बमोजिम कर दाखिला र नवीकरण नगरेका सवारी धनीले २०७८ साल फागुन मसान्तसम्म सवारीसाधन कर बुझाउन चाहेमा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन वा प्रचलित कानून बमोजिम लाग्ने सो अवधिकको जरिवाना छुट हुने व्यवस्था गरेको छ ।’
0 Comments